अध्यादेश जारी

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम जारी भएको मिति १. विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ २०८३/०६/२३ २०८३ साल असोज २३ गते शुक्रबार। ने.सं. ११४६ ञलागा: चतुर्दशी। (कृष्ण बहादुर शाही) प्रवक्ता

आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम थारू आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री सुबोध सिंह थारू र राष्‍ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्‍वकर्माले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८३ साल असोज २१ गते बुधबार। ने.सं. ११४६ ञलागा: द्वादशी। (कृष्ण बहादुर शाही) प्रवक्ता

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष भाषा आयोगका माननीय कार्यबाहक अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८३ साल असोज १६ गते शुक्रबार। ने.सं. ११४६ ञलागा: षष्‍ठी। (कृष्ण बहादुर शाही) प्रवक्ता

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८३ साल असोज १५ गते बिहीबार। ने.सं. ११४६ ञलागा: पञ्‍चमी। (कृष्ण बहादुर शाही) प्रवक्ता

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । २०८३ साल असोज १५ गते बिहीबार। ने.सं. ११४६ ञलागा: पञ्‍चमी। (कृष्ण बहादुर शाही) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति कार्यालयसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. थाइल्याण्ड H.E. Mr. Donnawit Poolsawat आवासीय २. संघीय गणतन्त्र ब्राजिल H.E. Mr. Claudio Raja Gabaglia Lins आवासीय ३. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. Mohammad Aamir Khan आवासीय ४. फ्रान्स H.E. Ms. Francoise PUIG-INZA आवासीय ५. गणतन्त्र कोरिया H.E. Mr. Park Jae-kyung आवासीय २०८३ साल असोज १४ गते बुधबार। Read More …

शिष्‍टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि  भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले राष्‍ट्रपतिको कार्यालयमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा भारतीय राजदूतलाई बधाईसमेत दिनुभयो। २०८३ साल असोज १३ गते मङ्‌गलबार। ने.सं. ११४६ ञलागा: तृतीया। (कृष्ण बहादुर शाही) प्रवक्ता

राष्‍ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री हरि दत्त जोशीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८३ साल असोज १२ गते सोमबार। ने.सं. ११४६ ञलागा: द्वितीया। (कृष्ण बहादुर शाही) प्रवक्ता

राष्‍ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८३ साल असोज ७ गते बुधबार। ने.सं. ११४६ ञलाथ्व: द्वादशी। (कृष्ण बहादुर शाही) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्‍ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८३ असोज ६ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८३ साल असोज ६ गते मङ्‌गलबार। ने.सं. ११४६ ञलाथ्व: एकादशी। (ईश्वरीप्रसाद पाण्डे) सहायक प्रवक्ता