ओहोदाको प्रमाणपत्र पेश
विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. गाम्बिया H.E. Mr. Mustapha Jawara गैरआवासीय २. क्यानडा H.E. Mr. Christopher Cooter गैरआवासीय ३. स्लोभेनिया H.E. Mr. Tomaž Mencin गैरआवासीय ४. अल्जेरिया H.E. Mr. Abdenor Khelifi गैरआवासीय २०८३ साल वैशाख ७ गते सोमबार। ने.सं. ११४६ वछलाथ्व: तृतीया। (रितेश कुमार शाक्य) प्रवक्ता Rt. Hon. President Mr. Ramchandra Paudel Read More …

