विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१/६/२३ २०८१ साल असोज २३ गते बुधबार। ने.सं. ११४४ कौलाथ्व षष्ठी। (अर्चना खड्का अधिकारी) उपसचिव

टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०८१ को अवसरमा मिति २०८१ असोज २६ गते शनिबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा देहाय बमोजिमको समय तालिका अनुसार टीका प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ इच्छुक सम्माननीयज्यूहरू, माननीय उपप्रधानमन्त्रीज्यूहरू तथा माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरू अपरान्ह ३:०० बजे देखि ३:३० बजे सम्म २ इच्छुक सर्वसाधारणहरू अपरान्ह ३:३० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. Read More …

नेपालको आवासीय राजदूत पदमा नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रीता धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल असोज २२ गते मङ्‌गलबार। ने.सं. ११४४ कौलाथ्व पञ्चमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति 1 सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१/६/२२ २०८१ साल असोज २२ गते मङ्‌गलबार। ने.सं. ११४४ कौलाथ्व पञ्चमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया र राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८१ साल असोज २२ गते मङ्‌गलबार। ने.सं. ११४४ कौलाथ्व पञ्चमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग र थारू आयोगका माननीय अध्यक्षहरू क्रमश: श्री समिम मियाँ अन्सारी र श्री विष्णुप्रसाद चौधरीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८१ साल असोज २१ गते सोमबार। ने.सं. ११४४ कौलाथ्व चतुर्थी (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८१ साल असोज २० गते आइतबार। ने.सं. ११४४ कौलाथ्व चतुर्थी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

प्रधान न्यायाधीश नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल असोज २० गते आइतबार। ने.सं. ११४४ कौलाथ्व चतुर्थी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल असोज १३ गते आइतबार। ने.सं. ११४४ ञलागा १२ आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल असोज ९ गते बुधबार। ने.सं. ११४४ ञलागा ८ बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता