BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम Mr. Indra Mani Pandey ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले समृद्धि, दीगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकांक्षाको रूपमा BIMSTEC रहेको र यस क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुकहरू रहेको हुँदा अन्य सहकार्यका विषयहरूसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखी कार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो।

२०८१ साल जेठ ८ गते मङ्‌गलबार।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता