आवासीय राजदूत नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल कात्तिक ८ गते बिहीबार।

ने.सं. ११४४ कौलागा सप्तमी।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता