टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट

बडादशैं, २०८१ को अवसरमा मिति २०८१ असोज २६ गते शनिबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा देहाय बमोजिमको समय तालिका अनुसार टीका प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

देहाय

क्र.सं. विवरण समय
इच्छुक सम्माननीयज्यूहरू, माननीय उपप्रधानमन्त्रीज्यूहरू तथा माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरू अपरान्ह ३:०० बजे देखि ३:३० बजे सम्म
इच्छुक सर्वसाधारणहरू अपरान्ह ३:३० बजे देखि ५:०० बजे सम्म

पोशाक: मर्यादित

्रवेशद्वार: प्रवेशद्वार नं. १

२०८१ साल असोज २२ गते मङ्‌गलबार ।

ने.सं. ११४४ कौलाथ्व पञ्चमी

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता