राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८१ साल असोज १३ गते आइतबार।

ने.सं. ११४४ ञलागा १२ आइतबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता