गणतन्त्र भारतका विदेश सचिवबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र भारतका विदेश सचिव श्री विक्रम मिश्रीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

२०८१ साल साउन २७ गते आइतबार।

ने.सं. ११४४ गुँलाथ्व ७ आइतबार।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता