राज्यमन्त्री पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायका व्यक्तिहरूलाई राज्यमन्त्री पदमा नियुक्त गरी तपसिल बमोजिमको मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ।

क्र.सं. नाम थर पद कार्यविभाजन
श्री अरूणकुमार चौधरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
श्री रुपा वि.क. राज्यमन्त्री वन तथा वातावरण
श्री पूर्णबहादुर तामाङ राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ

२०८१ साल साउन १८ गते शुक्रबार।

ने.सं. ११४४ दिल्लागा, १३ शुक्रबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता