प्रदेश प्रमुखमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/४/१४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायका प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नाम थर, ठेगाना प्रदेश
श्री दीपक प्रसाद देवकोटा, कैलाली बागमती प्रदेश
श्री कृष्णबहादुर घर्तीमगर, रोल्पा लुम्बिनी प्रदेश
श्री यज्ञराज जोशी, बझाङ कर्णाली प्रदेश

 २०८१ साल साउन १६ गते बुधबार।

ने.सं. ११४४ दिल्लागा, ११ बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता