सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व योग दिवस, (जुन २१) २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व योग दिवस (जुन २१) को शुभकामना सन्देश विश्व योग दिवस २१ जुन २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । यस वर्ष हामी “आफू र समाजका लागि योग” भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौं । योग शारीरिक अभ्यास मात्र नभई  निश्‍चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो Read More …

स्वदेश फिर्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्ड र संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते त्यसतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। २०८१ साल असार ५ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

कार्यभार तोक्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) को ११२ औं अधिवेशनमा सहभागी हुन तथा संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते मङ्‌गलबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ। २०८१ साल जेठ २९ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई सान मारिनोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि श्री लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ। २०८१ साल जेठ २८ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री श्री रघुबीर महासेठज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८१ साल जेठ २७ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्मााननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले अन्तर व्यवस्थापिका मञ्च, नेपालका पदाधिकारीलाई गर्नुभएको सम्वोधन

सम्माननीय सभामुख, सम्माननीय राष्ट्रियसभा अध्यक्ष, प्रदेशसभाका माननीय सभामुख, माननीय उपसभामुखसहित संघीय संसद र प्रदेशसभा सचिवालयका सचिवहरूलाई राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । संसदको नेतृत्व गरिरहनुभएका संघ र प्रदेशका सभामुख/उपसभामुखहरुसँगको भेटघाट र छलफलको यो अवसर जुटाइदिनुभएकोमा प्रतिनिधिसभाका सम्माननीय सभामुखलाई धन्यवाद दिन चाहन्छु । तपाई हाम्रो भेटघाट र सार्थक छलफलले व्यवस्थालाई बलियो बनाउँछ । संविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि संवाद र छलफल हुनु आवश्यक छ। तर कताकता हामीकहाँ मोरल अथोरीटीप्रति सम्मान गर्ने संस्कार बन्न नसकेको हो की भन्ने मलाई लागीरहेको छ । त्यसले लोकतन्त्र परिपक्व बनाउन, सुदृढ बनाउन बाधा पुर्‍याउँछ । मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व वातावरण दिवस, (जुन ५) २०२४ को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको  रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने  राष्ट्रिय  नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनुभएको सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएका छौँ । सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्‌भावको अभिवृद्धि हुन्छ भन्ने लाग्दछ । तथापि, समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक  Read More …