सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

  मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको यस पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा साँस्कृतिक विविधता युक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधिहरु हुन् । हाम्रो देश धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न रहेको छ । प्राचीन साँस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ । आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युग Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व मानव अधिकार दिवस (१० डिसेम्बर २०१८) का अवसरमा दिनुभएको शुभकामना सन्देश

७० औं विश्‍व मानव अधिकार दिवस मनाउन लागिएको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेको छ । मानव अधिकारको कार्यान्वयनको लागि विभिन्‍न निकायहरुको व्यवस्था भएको छ । तिनका सकृय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास सबैले गर्ने छन् भन्‍ने मलाई लाग्छ । त्यसैले श्रोत साधन लगायत आवश्यक कुराहरुको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्रहरु क्रियाशिल हुन आवश्यक भएको छ । मानव अधिकारका सिद्धान्तहरु सर्वव्यापि भएतापनि तिनको कार्यान्वयन राज्यका सीमानाभित्र नै हुन्छन् । सवल, सक्षम र राष्ट्रिय Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाई भेट

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन  राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले विदाई भेट गर्नुभयो । सो अवसरमा जनवादी गणतन्त्र चीन  र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा जनवादी गणतन्त्र चीनको काठमाडौस्थित राजदूतावासका अधिकारीहरुको समेत  उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमण पूरा गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन मिति २०७५ साल मंसिर १५ गते शनिबार मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमणमा जानु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७५ साल मंसिर २० बिहीबार स्वदेश फर्कनु भयो ।   (छविन्द्र पराजुली) प्रवक्ता      

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जलवायु परिवर्तन संरचना सम्बन्धि महासन्धिको २४ औँ सम्मेलनमा गर्नुभएको सम्वोधन 

अध्यक्ष महोदय, नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको अति कम विकसित राज्य हो | ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा भने हामी निरन्तर पर्दै आएका छौं। हाम्रा उच्च पर्वतमालाका हिउँ पग्लँदैछन्, सेता हिमालहरु काला र फुस्रा बन्दैछन्, हिमताल विष्फोटनको खतरा बढ्दैछ र हाम्रा नदीका जलाधार प्रणाली प्रभावित हुँदैछन् । हिमपहिरो, बाढीपहिरो र खडेरीका घटना पहिले भन्दा विषम हुन थालेका छन् । प्राकृतिक स्रोतमा परेको नकारात्मक प्रभावले गाउँघरको खानेपानी प्रणाली प्रभावित हुँदै गएका छन् । हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको छ । हाम्रो खाद्यान्न उत्पादनको मुख्य भूमि Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्‍चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु पर्दछ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रबर्द्धनका लागि विभिन्‍न कामहरु भैरहेका छन् तापनि संयुक्त राष्ट्रसंघीय अपाङ्गता सम्बन्धी महासन्धीमा उल्लेखित अधिकारहरु सुनिश्‍चितताका लागि अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन सम्वत् २०७५ साल मंसिर १५ गते शनिबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा सम्माननीय राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्री H.E. Samdech Akka Moha Sena Padei Techo Hun Sen ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा क्याम्बोडिया सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता