विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

१०डिसेम्बर २०१७ का दिन६९ औं विश्‍व मानव अधिकार दिवसनेपालमामनाउन लागिएको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेकोरमानव अधिकारको कार्यान्वयनको लागि विभिन्‍न निकायहरुको व्यवस्था भएकोमा मलाई खुसी लागेको छ । राज्यका निकायहरुबाट हुने कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास जनतालेगर्ने छन् भन्‍ने मलाई लाग्छ ।मानव अधिकारको शिलसिलामा हामीहरुले सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकता जस्ता कुराहरुलाईसमेत मनन गर्नु पर्छ भन्‍ने मलाई लाग्छ । अन्तमा, यस दिवसले मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न संलग्न हुनुहुने सबैलाई सफलता र Read More …

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसम्पन्न भएको अवसरमा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्‍चात् सम्पन्‍न भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आम नेपाली आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुले उत्साहपूर्वकसहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछु । नेपाललाई आर्थिक सामाजिक रुपले समृद्ध बनाउने दिशामा यहाँहरुबाट निर्वाचनमा भएको सहभागिताले ठोस योगदान पुर्‍याएको छ भन्‍ने मलाइ लाग्दछ । साथै जनप्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरको रुपमा रहेको यस निर्वाचनमा तपाईहरुले उत्साह, उमङ्ग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ वनाउन सहयोग पुर्‍याउनु भएको मैले महसुस गरेको छु । निर्वाचन सम्पन्‍न र सफल गराउन आ-आफ्नो Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर २२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्यहरु समेतको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर 20 गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister H.E. Mr. Iwao Horii नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित जापानका महामहिम राजदूत एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्‍चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचनमा निर्बिघ्न र शान्तिपूर्ण ढंगले सहभागी भइ आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न म सहर्ष आह्वान गर्दछु । नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै २०७४ माघ ७ गते भित्र संघीय संरचना अन्तरगतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै सिलसिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल मंसिर १९ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. ईजिप्ट H.E. Mrs. Iman Mostafa A. Ahmed आवासीय 2. ईजराइल H.E. Mr. Benny Omer आवासीय 3. पेरु H.E. Mr. Jorge Castaneda Mondez गैरआवासीय 4. ईन्डोनेशिया H.E. Mrs. Rina Prihtyasmiarsi गैरआवासीय   (कुलप्रसाद चुडाल) प्रवक्ता

उधौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको किरात जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाललाई साझा फुलवारीको रुपमा सृंगार गर्दै आएका छन् । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।साथै, यस प्रकारका चाड पर्वहरुले समाजिक एवम् पारिवारीक जमघट गराउने, मनोरञ्‍जन प्रदान गर्ने र समुदायबीचमा आपसी सद्‍भाव सुमुधुर बनाउन Read More …

२६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण” -Transformation towards Sustainable and Resilient Society for All ) भन्ने विश्‍वव्यापी मूल नारा तथा “कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा ” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धनका लागि क्रमिक रुपमा विभिन्‍न कामहरु भैरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकार मुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मानिर्भर बनाउदै लैजानु आजको आवश्यक्‍ता हो Read More …

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात् मुलुकका ३२ जिल्लामा भोलि मिति २०७४ साल मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु । नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक Read More …