संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम खाँदवारी नगरपालिका वार्ड नम्बर ०२, कोशी प्रदेश, संखुवासभा जिल्ला निवासी श्री सुरेश अधिकारीलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ।

२०८१ साल असार १८ गते मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता