राजिनामा स्वीकृत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ।

२०८१ साल वैशाख ३० गते आइतबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता