महान्यायाधिवक्ता नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता श्री रमेश वडाललाई  नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल साउन २ गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता