मन्त्रीहरूको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री श्री प्रदीप यादव, माननीय वन तथा वातावरण मन्त्री श्री नवलकिसोर साह सुडी र माननीय स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री श्री हसिना खानले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभयो।

२०८१ साल असार २४ गते सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता