नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देलज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ।

२०८१ साल भदौ १२ गते बुधबार।

ने.सं. ११४४ गुँलागा १० बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता