नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको तीन वर्षे पदावधि मिति २०८१/५/२४ मा समाप्त भई अनिवार्य अवकाश पाउने र निज मिति २०८१/४/२५ देखि घर बिदामा बस्नु हुने भएकोले हाल ज्येष्ठता क्रममा रहेका व्य.नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/४/१४ को निर्णयबाट सिफारिस भए बमोजिम मिति २०८१/४/२५ देखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको छ ।

 २०८१ साल साउन १६ गते बुधबार।

ने.सं. ११४४ दिल्लागा, ११ बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता