नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा कुवेतका लागि नेपालका आवासीय राजदूत श्री घनश्याम लम्साललाई इराकका लागि समेत नेपालको गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल जेठ ११ गते शुक्रबार ।

 

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता