नेपालका लागि अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Felicity Jane Volk ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत Ms. Volk लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८१ साल साउन २८ गते सोमबार।

ने.सं. ११४४ गुँलाथ्व ८ सोमबार।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता