नवनियुक्त प्रधान सेनापति पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

२०८१ साल भदौ २४ गते सोमबार।

ने.सं. ११४४ ञलाथ्व ६ सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता