कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‍का तपसिल बमोजिमका मन्त्रीहरूलाई सर्वोच्च अदालतको मिति २०७८/२/६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्न सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८/२/७ को सिफारिस बमोजिम सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ ।

क्र.सं. नाम थर प्रधानमन्त्रीले सम्हाल्ने थप मन्त्रालयहरू
1. श्री रामबहादुर थापा गृह
2. श्री टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ
3. श्री लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति
4. श्री प्रभु साह शहरी विकास
5. श्री मणिचन्द्र थापा खानेपानी
6. श्री गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा
7. श्री दावा लामा तामाङ युवा तथा खेलकुद

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता