ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. म्यानमार H.E. Mr. Myo Myint Maung आवासीय
२. अष्ट्रेलिया H.E. Ms. Leann Elizabeth Johnston आवासीय
३. फ्रान्स H.E. Ms. Virginie Corteval आवासीय
४. जाम्बिया H.E. Mr. Percy Patson Chanda गैरआवासीय

२०८१ साल भदौ २७ गते बिहीबार।

ने.सं. ११४४ ञलाथ्व ९ बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

H.E. Mr. Myo Myint Maung, Resident Ambassador of the Myanmar. H.E. Ms. Leann Elizabeth Johnston, Resident Ambassador of Australia
H.E. Ms. Virginie Corteval, Resident Ambassador of France H.E. Mr. Percy Patson Chanda, Non-resident Ambassador of Zambia