ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. गणतन्त्र घाना H.E. Dr. Winfred Nii Okai Hammond गैरआवासीय
२. गणतन्त्र बुल्गेरिया H.E. Mr. Nikolay Yankov गैरआवासीय
३. इरिट्रिया H.E. Mr. Alem Tsehaye Woldemariam गैरआवासीय
४. गणतन्त्र फिलिपिन्स H.E. Mr. Josel Francisci IGNACIO गैरआवासीय

२०८१ साल जेठ १७ गते बिहीबार।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता

H.E. Dr. Winfred Nil Okai Hammond, Non- resident Ambassador of the Republic of Ghana. H.E. Mr. Nikolay Yankov, Non-resident Ambassador of the Republic of Bulgaria.
H.E. Mr. Alem Tsehaye Woldemariam, Non-resident Ambassador of Eritrea. H.E. Mr. Josel Francisco Ignacio, Non-resident Ambassador of the Republic of Philippines.