ओमानका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका ओमानका परराष्ट्रमन्त्री H.E. Sayyid Badr Hamad Al Busaidi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गर्नुभयो।

२०८१ साल भदौ ११ गते मङ्‌गलबार।

ने.सं. ११४४ गुँलागा ८ मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता