उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री इन्दिरा रानाज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७९ साल माघ ९ गते सोमबार ।

(लीलाकान्त पौडेल)

सहायक प्रवक्ता