विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया र राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०८१ साल असोज २२ गते मङ्गलबार।
ने.सं. ११४४ कौलाथ्व पञ्चमी।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता