आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधवप्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो।

त्यसै गरी सम्माननीय राष्ट्रपतिज्यू समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो।

२०८१ साल असोज ४ गते शुक्रबार।

ने.सं. ११४४ ञलागा ३ शुक्रबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता