तामाङ्ग समुदायको महान पर्व “सोनमल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ्ग समुदायले यस पर्वलाइ नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व समेत हो ।
विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको छ । तामाङ्ग समुदायको यस महान पर्वले सबै नेपालीमा नयाँ उमंग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना गर्दछु ।
धन्यवाद !
२०७३ माघ १५ गते शनिबार ।