सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) बमोजिम प्रकाशन गरिएको विवरण
सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज ।

सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०७३ साल श्रावण १ देखि असोज मसान्तसम्म ।

१. राष्ट्रपतिको कार्यालयको स्वरुप र प्रकृति: नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रुपमा वि.सं. २०६५ साल असार ३० गते स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालयीय कार्य सञ्चालन गर्ने गर्दछ ।

२. राष्ट्रपतिको कार्यालयका कामहरु:

  • प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, महान्यायाधिवक्ता तथा प्रधान सेनापतिको शपथ ग्रहण गराउने सम्बन्धी कार्य,
  • न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख आयुक्त तथा अन्य आयुक्त, महान्यायाधिवक्ता, प्रधान सेनापति, संघीय संसदको महासचिव, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव तथा नेपाली राजदूतको नियुक्ति गर्ने सम्बन्धी कार्य,
  • व्यवस्थापिका संसद बैठकको आव्हान र अन्त्य गर्ने तथा व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धी कार्य,
  • संवैधानिक निकायहरुको बार्षिक प्रतिवेदन ग्रहण सम्बन्धी कार्य,
  • विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
  • सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्य,
  • उपाधि, सम्मान र विभूषण प्रदान सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
  • विदेशी राजदूतहरुको लागि सहमति (एग्रीमो) प्रदान सम्बन्धी कार्य,
  • विदेशी राजदूतहरुको ओहदाको प्रमाणपत्र ग्रहण गर्ने सम्वन्धी कार्यक्रम व्यवस्थापन कार्य,
  • संकटकालीन अवस्थाको घोषणा सम्बन्धी कार्य,
  • नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन सम्बन्धी कार्य,
  • बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिबाट हुने सम्बोधन सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिबाट हुने शुभकामना सन्देश तयारी सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिको स्वदेशी तथा विदेशी ब्यक्तित्वहरुसँग भेटघाटको व्यवस्थापन सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिलाई वा राष्ट्रपति कार्यालयलाई सम्बोधन गरी प्राप्त पत्र, निवेदन पत्र वा ज्ञापन पत्र व्यवस्थापन सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिको स्वदेशभित्रको भ्रमण व्यवस्थापन सम्बन्धी कार्य,
  • कार्यालयको वार्षिक कार्यक्रम कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्य,
  • संविधान तथा प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरु ।

३. राष्ट्रपतिको कार्यालयमा रहने कर्मचारी सङ्ख्या र कार्यविवरण: राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव     को  नेतृत्वमा रहने यस कार्यालयमा राजपत्राङ्कित श्रेणीका २१ जना, राजपत्रअनंकित तथा श्रेणी विहीन गरी जम्मा ४७ सहित कूल ६८ जना कर्मचारीहरुको दरवन्दी रहेको छ । हाल ५८ जना  सेवा करार सहित कर्मचारीहरु कार्यरत छन । यस कार्यालयमा जम्मा ४ वटा महाशाखाहरू छन् । ती महाशाखाको कार्यविवरण निम्न बमोजिम रहेको छ ।

क. व्यवस्थापन महाशाखा: माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरुको आर्थिक, प्रशासनिक र अन्य व्यवस्थापकीय कार्यहरु यस महाशाखाले गर्दछ ।

ख. कानून महाशाखा: माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरुको संवैधानिक एवम् कानूनी पक्ष समेटिएका कार्यहरु यस महाशाखाले गर्दछ ।

ग. अन्तराष्ट्रिय सम्बन्ध तथा सूचना समन्वय महाशाखा: माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरु मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कार्यहरु र सूचना समन्वय सम्बन्धी कार्यहरु यस महाशाखाले गर्दछ ।

घ. राष्ट्रपतिको निजी सचिवालय महाशाखा: माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरु मध्ये सम्माननीय राष्ट्रपतिज्यूको कार्यक्रम व्यवस्थापन गर्ने एवं निजी सचिवालय सम्बन्धी कार्यहरु यस महाशाखाले गर्दछ ।

माथि उल्लेखित विभिन्न चारवटा महाशाखाहरुको कार्यसम्पादनलाई सहज बनाउन देहायका शाखाहरु रहेका छन्:-
प्रशासन शाखा: यस शाखा अन्र्तगत भण्डार र दर्ता चलानी इकाइ रहेका छन् ।

आर्थिक प्रशासन शाखा:

कानून शाखा:

निजी सचिवालय शाखा:

अन्तर्राष्ट्रिय सम्बन्ध शाखा:

सूचना समन्वय शाखा: यस अन्तरगत पुस्तकालय  इकाइ रहेको छ ।

४. राष्ट्रपतिको कार्यालयबाट प्रदान गरिने सेवा: माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामका माध्यमबाट सेवा प्रदान गरिन्छ ।

५. राष्ट्रपतिको कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी: यस कार्यालयमा जम्मा ६ वटा शाखाहरु रहेका छन् । ती शाखाहरुको जिम्मेवारी देहायबमोजिम कर्मचारीहरुले सम्हाल्ने गरी जिम्मेवारी दिई कार्यसञ्चालन गरिएको छ:क्र.सं.

नामथर पद जिम्मेवार शाखा सम्पर्क नम्बर
1. हरिप्रसाद दवाडी उपसचिव प्रशासन शाखा ९८५११७२१२१
2. केशव प्रसाद घिमिरे उपसचिव निजी सचिवालय ९८४१४४०९८३
3. लोकनाथ सुवेदी उपसचिव आर्थिक प्रशासन शाखा ९८५१०१०११८
4. खड्‌ग प्रसाद दहाल उपसचिव अन्तर्राष्ट्रिय सम्बन्ध शाखा ९८६०९५०७७५
5. वशिष्ट कुमार घिमिरे उपसचिव कानून शाखा ९८४१३८२४१५
6. प्रल्हाद प्रसाद पुडासैनी उपसचिव सूचना समन्वय शाखा ९८४१४०५४७५

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि: यस कार्यालयबाट प्रदान हुने सेवाको लागि दस्तुर लाग्दैन । सरोकारवालासँगको आपसी सहमतिमा तय भएको समयावधिमा सेवाप्रवाह वा कार्यसम्पादन हुने गर्दछ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार: आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित महाशाखाबाट पेश हुने टिप्पणीमा सचिवस्तरबाट निर्णय हुन्छ । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्मा पेश भई त्यहाँबाट निर्णय गरिने व्यवस्था रहेको छ । साथै संविधान तथा कानून बमोजिम राष्ट्रपतिले सम्पादन गर्ने कार्यको सम्बन्धमा संविधान र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी: नियमित सेवा प्रवाह र आन्तरिक प्रशासनिक विषयको निर्णयमा चित्त नवुझे सोको सुनुवाई सचिववाट हुने ।

९. सम्पादन गरेको कामको विवरण: यस कार्यालयबाट यस अवधिमा सम्पादन भएका मुख्य मुख्य कामहरु देहायबमोजिम उल्लेख गरिएको छ:

  • सम्माननीय राष्ट्रपति सरिक हुनु भएका शीतलनिवास परिसरभित्रका, उपत्यकाभित्रका तथा उपत्यका वाहिरका विभिन्न औपचारिक समारोहको व्यवस्थापन: ४७ पटक ।
  • विभिन्न चाडपर्व र दिवसमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश तथा अन्य सन्देश तयारी तथा प्रेषण व्यवस्थापन: ९ वटा ।
  • सम्माननीय राष्ट्रपतिबाट विभिन्न औपचारिक समारोहमा भएको संबोधन भाषणको तयारी: ४७ वटा ।
    विधेयक प्रमाणीकरण व्यवस्थापन: १० वटा

सर्वोच्च अदालत(पहिलो संशोधन) ऐन, २०७३

न्याय सेवा आयोग ऐन, २०७३

न्याय प्रशासन ऐन, २०७३

न्याय परिषद् ऐन, २०७३

विशेष आर्थिक क्षेत्र ऐन, २०७३

कर्मचारी संचयकोष (नवौं संशोधन) ऐन, २०७३

लेखापरीक्षण (पहिलो संशोधन) ऐन, २०७३

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३

बैंकिङ्ग कसुर तथा सजाय (पहिलो संशोधन) ऐन, २०७३

सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) ऐन, २०७३

  • सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय सभामुख, माननीय उपप्रधानमन्त्री तथा माननीय मन्त्रीहरु, माननीय उपसभामुखको सपथ ग्रहण समारोह व्यवस्थापन: ३ वटा/पटक
  • सम्माननीय राष्ट्रपति समक्ष विदेशी महानुभाव तथा कुटनीतिक व्यक्तित्वहरुको शिष्टाचार भेट तथा शिष्टाचार बिदाइ भेट समारोह व्यवस्थापन: १८ पटक ।
  • विभिन्न देशका लागि नेपाली राजदूतहरुको नियुक्ति, नेपालका लागि विभिन्न देशका राजदूतहरुको ओहदाको प्रमाणपत्र ग्रहण समारोह ब्यवस्थापन: १ पटक ( श्रीलंका, इक्वेडर, मौरिसस र स्लोभेनिया) ।
  • विदेशी राजदूतहरुको लागि सहमति (एग्रीमो) प्रदान सम्बन्धी कार्य: ५ देश (लक्जेम्वर्ग, दक्षिण अफ्रिका, फिजी, टर्की र चीन )

१०. राष्ट्रपतिको कार्यालयका सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर:

क्र.सं. नामथर पद सम्पर्क नम्बर इमेल
1. भूपेन्द्रप्रसाद पौड्याल सचिव ९८४१३७६११४ poudyalbhupendra@gmail.com
2. कुलप्रसाद चुडाल प्रवक्ता ९८५१०७५९३३ kpchudal60@hotmail.com
3. प्रल्हाद प्रसाद पुडासैनी सूचना अधिकारी ९८४१४०५४७५ pppudasaini@yahoo.com

११. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची: यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन्:

  • नेपालको संविधान,
  • केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
  • सैनिक ऐन, २०६३
  • सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
  • सूचनाको हक सम्बन्धी ऐन, २०६४
  • निजामती सेवा ऐन, २०४९
  • भ्रष्टाचार निवारण ऐन, २०५९,
  • सार्वजनिक खरिद ऐन, २०६३
  • आर्थिक कार्यविधि ऐन, २०५५
  • करार ऐन, २०५६
  • विभूषण ऐन, २०६४
  • कारागार ऐन, २०१९
  • सुशासन नियमावली, २०६५
  • सुचनाको हक सम्बन्धी नियमावली, २०६५
  • निजामति सेवा नियमावली, २०५०
  • सार्वजनिक खरिद नियमावली, २०६४
  • आर्थिक कार्यविधि नियमावली, २०५६
  • विभुषण नियमावली, २०६५
  • कारागार नियमावली, २०२०
  • नेपाल सरकार कार्यविभाजन नियमावली, २०७२
  • नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
  • संविधान सभा नियमावली, २०७०
  • व्यवस्थापिका– संसद नियमावली, २०७३
  • सजय माफी, मुल्तवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
  • सेवा करार निर्देशिका,
  • सरकारी निर्णय सरलीकरण निर्देशिका २०६५,

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण: यस कार्यालयको आर्थिक बर्ष २०७३÷७४ को श्रावण देखि प्राप्त निकासा तथा खर्च विवरण तपसिलमा उल्लेख गरिएको छ ।

(रु.हजारमा)

ब.उ.शि.न. श्रोत बार्षिक बजेट निकासा खर्च बाँकी
१०१०११३ राष्ट्रपति      (चालु खर्च) नेपाल सरकार ६६०९ ९३९ ९३९ ५६७०
१०१०११३ राष्ट्रपतिको कार्यालय (चालु खर्च) प्रशासनिक खर्च समेत नेपाल सरकार ८११०२ २२४८९ २२४८९ ५८६१३
१०१०११४ पूँजीगत खर्च  नेपाल सरकार २३५४०० ११०६२७ ११०६२७ १२४७७३
जम्मा   ३२३१११ १३४०५५ १३४०५५ १८९०५६

१३. तोकिए बमोजिमका अन्य विवरण: १४३ रोपनी जग्गामा फैलिएको यस कार्यालयको परिसरमा कार्यालयको लागि आफ्नै भवन, सम्माननीयज्यूको निवास, सभा हल, अन्य भवनहरु र सुन्दर बगैचाहरु रहेका छन् ।

१४. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण: यस कार्यालयबाट आर्थिक बर्ष २०७२।७३ मा सञ्चालन गरिएका मुख्य मुख्य कार्यक्रमहरु देहायबमोजिम उल्लेख गरिएको छ:-

  • सम्माननीय राष्ट्रपतिको लागि निर्माणाधीन निवासको बहुवर्षीय कार्यक्रम अन्तर्गत निर्माण कार्य सञ्चालन भइरहेको,
    निवास निर्माण अन्तर्गतको दोश्रो प्याकेजमा रहेका इलेक्ट्रिकल इन्स्ट्रुमेण्ट जडान, पानी प्रशोधन प्लाण्ट जडान, पानी ट्याङ्की, पर्खाल निर्माण, प्रवेशद्वार आदि निर्माण कार्यको लागि बहुवर्षीय ठेक्का सम्झौता भई कार्य सञ्चालन भइरहेको,
  • कार्यालय परिसरमा बोरिङ्गको पानी प्रशोधन गर्ने र ढल निकासका लागि आवश्यक पूर्वाधार सहित निर्माण कार्य सञ्चालन भइरहेको,
  • बहुउद्देश्यीय सभा भवनमा साउण्ड सिस्टम, मल्टिमिडिया, सेक्यूरिटी सिस्टम लगायत अन्य निर्माण कार्य भइरहेको ।

१५. सार्वजनिक निकायको वेवसाइट भए सो को विवरण: यस कार्यालयको आफ्नै वेवसाइट र इमेल छ । www.presidentofnepal.gov.np  मा गएर यस कार्यालयको सूचना र अन्य महत्वपूर्ण जानकारीहरु हेर्न सकिन्छ । यस कार्यालयको इमेल ठेगाना  mail@presidentofnepal.gov.np छ ।

१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण: नभएको ।

१७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि: यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको ।

१८. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण: यस अवधिमा कुनै पनि निवेदन नपरेको ।

१९. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण: यस कार्यालयको सूचना तथा जानकारीहरु कार्यालयको वेवसाइट मार्फत नियमित रुपमा सार्वजनिक गर्ने गरिएको, महत्वपूर्ण औपचारिक कार्यसम्पादन भएकोमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने गरिएको र यस कार्यालयबाट प्रकाशित हुने शीतल निवास वुलेटिनमार्फत् पनि आवश्यक जानकारी एवम् सूचनाहरु प्रकाशित हुने गरेको छ ।

२०. राष्ट्रपतिको कार्यालयले आ.व. २०७३/७४ मा सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन देहायमा उल्लेख गरिएको छ:-

हाल प्रगति समिक्षा प्राप्त नभएको ।