सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन २२ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. गणतन्त्र भारत H.E. Mr. Vinay Mohan Kwatra आवासीय
2. गणतन्त्र सिसेल्स H.E. Mr. Thomas Selby Pillay गैरआवासीय
3. मेक्सिको H.E. Mr. Federico Salas Lotfe गैरआवासीय

(हरि प्रसाद दहाल)

प्रवक्ता