गुरू नानक जयन्तीको शुभकामना सन्देश
शिख धर्मावलम्बीहरुको विशेष पर्व गुरू नानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण शिख धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गुरु नानकले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरुका बीचमा सद्भाव कायम राख्नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।
अन्तमा, समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्नुपर्ने गुरू नानकको सन्देश बमोजिम आ-आफ्नो स्थान र भूमिकाबाट योगदान पु-याउने प्रेरणा मिलोस् भन्दै गुरु नानक जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०७६ कार्तिक २६ गते, मंगलबार ।
![](https://president.gov.np/wp-content/uploads/2019/11/002-5-744x1024.jpg)