फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश
किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलार्इ राष्ट्रिय विभूति घोषणा समेत गरेको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ।
फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।
अन्तमा, राष्ट्रगौरव राष्ट्रिय विभूतिको पवित्र जन्मजयन्तीको दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् समाज सुधारको महान अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०७६ कार्तिक २५ गते सोमबार ।
![](https://president.gov.np/wp-content/uploads/2019/11/002-2-744x1024.jpg)