सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो । हाम्रो बहुमुल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यहाँ मनाइने चाडपर्वहरुले विभिन्‍न साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्‍भाव र समन्वय अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लागेको छ ।

अन्तमा, ईसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्‍नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७५ साल पौष १० गते मंगलबार ।