सम्माननीय राष्ट्रपति श्रीमतीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता