सम्माननीय राष्ट्रपतिबाट प्रदेश प्रमुख पदमा नियुक्त

आज मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छः

क्र.सं. नामथर प्रदेश
श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की
श्री तिलक परियार, बाँके
श्री विष्णु प्रसाद प्रसाई, झापा
श्री अमिक शेरचन, चितवन गण्डकी प्रदेश
श्री धर्मनाथ यादव, सिराहा
श्री गोविन्दप्रसाद कलौनी, वैतडी कर्णाली प्रदेश
श्री सर्मीला कुमारी पन्त, चितवन सुदुर पश्चिम प्रदेश

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता