सम्माननीय राष्ट्रपतिबाट नवनियुक्त प्रधान सेनापतिज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान

आज मिति २०७५ साल भाद्र  २४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

 

(छविन्द्र पराजुली)

प्रवक्ता