सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख ३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कतारका लागि नेपाली राजदूत पदमा का.म.पा. – १०, काठमाडौं निवासी श्री रमेशप्रसाद कोइरालालाई र इजरायलका लागि नेपाली राजदूत पदमा का.म.पा. – १२, काठमाडौं निवासी श्री निरन्जनकुमार थापालाई नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव