सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

आज मिति २०७३ साल चैत्र १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट भारतीय सेनाका स्थल सेनाध्यक्ष General Bipin Rawat लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा माननीय रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका राजदूत, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीहरु लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता