सम्माननीय राष्ट्रपतिज्यूबाट अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

(जगन्नाथ पन्त)

प्रवक्ता