आज मिति २०७६ साल भदौ २४ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका Parliament of Ireland का सभामुख Rt. Hon. Sean O Fearghail को नेतृत्वमा आईरिस प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा आयरल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो।
२०७६ साल भदौ २४ गते मंगलबार
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता