सम्माननीय राष्ट्रपतिज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट

आज मिति २०७३ साल पौष २१ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट भयो । भेटका अवसरमा हालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ज्यू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाज्यू, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारज्यू लगायतका शीर्षस्थ नेताहरुको उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता