सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत नियुक्ति

आज मिति २०७७ साल कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि श्री रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता