सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७३ साल पौष १४ गते बिहीबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय शिक्षामन्त्रीज्यू, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थित रहेको थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता