सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त फागुपूर्णिमा (होली) पर्व, २०७६ को शुभकामना सन्देश

फागुपूर्णिमा (होलीपर्व२०७६ को शुभकामना सन्देश

नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

रङ्गहरूको पर्वका रूपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा (होली) यस वर्ष पहाडी र हिमाली जिल्लाहरूमा फागुन २६ र तराईका जिल्लाहरूमा फागुन २७ मा मनाइँदै छ । साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीहरू बिच सामाजिक सद्‍भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्‍न योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु ।

अन्तमा, यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

 

२०७६ फागुन २६ गते, सोमबार ।