सम्माननीय राष्ट्रपतिज्यूबाट कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७६/११/७ गते देखि लागू हुने गरी प्रकाश थेवेसमेतका ३२९ (तीन सय उनन्तीस) जना कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा भएको छ ।

 

२०७६ साल फागुन ६ गते मंगलबार

 

(हरि प्रसाद दहाल)

प्रवक्ता