आज मिति २०७६ साल कात्तिक २५ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
1 | प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का | H.E. Ms. Himalee Subhashini de Silva Arunatilaka | आवासीय |
2 | गणतन्त्र अर्जेन्टिना | H.E. Mr. Daniel Chuburu | गैरआवासीय |
3 | प्रजातान्त्रिक जनगणतन्त्र लाओस | H.E. Mr. Bounneme Chounghom | गैरआवासीय |
4 | बहराइन अधिराज्य | H.E. Mr. Abdulrahman Mohamed Ahmed Al Gaoud | गैरआवासीय |
(हरि प्रसाद दाहाल)
प्रवक्ता