सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल भाद्र २५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
  गणतन्त्र फिलीपिन्स H.E. Mr. Ramon S. Bagatsing JR गैरआवासीय
  गणतन्त्र बेलारुस H.E. Mr. Andrei Rzheussky गैरआवासीय
  बोलिभारियन गणतन्त्र भेनेजुएला H. E. Mrs. Coromoto Godoy Calderon गैरआवासीय
  पोर्चुगल H.E. Mr. Carlos Josѐ de Pinho e Melo Pereira Marques गैरआवासीय

(केशवप्रसाद घिमिरे)

सहायक प्रवक्ता