सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका विदेश मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ २३ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister, Ministry of Foreign Affairs  H.E. Mr. Wang Yi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक काल देखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (केशव प्रसाद घिमिरे)

   सहायक प्रवक्ता