सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानको House of Representatives को सदस्य प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ १३ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानको House of Representatives को सदस्य Ms. INADA Tomomi को नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (केशव प्रसाद घिमिरे)

  सहायक प्रवक्ता